गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण ३२, आईतवार ११:४९
प्रकासित समय : ११:४९
काठमाडौं, गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ।
त्यहाँको स्वास्थ्य निर्देशनालयले आज (आइतबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका पाँच र तनहुँको ब्यास नगरपालिकाका चार जना छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।