कोरोनाबाट भारतीय गृह सुरक्षा मन्त्री चौहानको निधन

काठमाडौं,भारतको उत्तर प्रदेश सरकारका गृह सुरक्षा मन्त्री एवम् पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका मन्त्री चौहानका आज दिउँसो निधन भएको हो। भारतीय संचारमाध्यमहरुका अनुसार उनको ‘कार्डियाक अरेस्ट’का कारण मृत्यु भएको हो।

गुरुग्रामस्थित मेदान्त अस्पतालमा उनको उपचार भइरहेको थियो। चेतना चौहान योगी आदित्यनाथ नेतृत्वको सरकारका क्याबिनेट मन्त्री हुन्। यसअघि मन्त्री कमला रानीको लखनउस्थित पीजीआईमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको थियो। चाैहानको मिर्गौला फेल भएपछि एक दिन अघिदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो।