काठमाडौंमा १२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार कोरोना भाइरसका १७२ जना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ९४६ पुगेको छ। कुल संक्रमितमध्ये काठमाडौंका १ हजार ५६८ जना, भक्तपुरका १३० जना र ललितपुरका २६७ जना छन्।