आइतबार थपिए ६४१ जना कोरोना संक्रमित, १३४ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ श्रावण ३२, आईतवार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार ३६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६५ प्रतिशत संक्रमित निको भएका छन् ।