अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ३२, आईतवार १८:१०
प्रकासित समय : १८:१०
अछाम, खोलाले बगाएर अछाममा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।अछाम र कालीकोटको सीमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका–९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा छन् । उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।