दाङको लमही स्थित खनाल होटल शिल
भालुवाङ ,दाङ देउखुरीको लमहीमा रहेको एक होटल शिल गरिएको छ । लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित खनाल होटल शनिबार देखि सिल गरिएको हो। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिमतर्फ जान लागेको बसका यात्रीहरुलाई होटलमा खाना खुवाएपछि सिल गरिएको बताइएको छ ।
सिरहा जिल्लाबाट दाङको च्याउखोला जान लागेका २८ जना सडक पिच गर्ने मजदुरलाई होटल संचालकले होटलमा खाना खुवाएकोले होटेल सिल गरिएको बताइएको छ । सिरहाबाट चाउखोला जाने मजदुरहरुलाई पिसिआर टेष्ट नगरी स्वास्थ्य सुरक्षा नअप्नाई ल्याइएका मजदुरहरुबाट समुदायमा कोरोना फैलिन नदिन होटेल सिल गरिएको हो ।
होटल संचालक टोपलाल खनाल र चालकलाई ५ नम्बर वडाको क्वारेन्टाइनमा राख्ने तयारी गरिएकोछ भने २८ जना मजदुरहरुलाई ९ नम्बर वडाको क्वारेन्टाइनमा राख्ने गरि चाउखोला पठाईएको जनाइएको छ । लमही नगरपालिका ५ नम्बर वडा सदस्य कुमार भट्टराईको अगुवाईमा शनिबार स्थानीय दलका नेता,स्थानीय जनप्रतिनिधि,दाङ देउखुरी होटेल ब्यबसायी समिति लमहीका अध्यक्ष हेमन्त पाण्डे,वडा प्रहरी कार्यालय लगायतको उपस्थितमा होटल सिल गरिएको सदस्य भट्टराईले जानकारी दिएका छन् ।