बाँकेमा हट्यो निषेधाज्ञा, आजवाट जोरबिजोर प्रणाली लागु
नेपालगन्ज, जिल्लामा कोभिड-१९ को महाँमारीका कारण केही दिन देखिको निषेधाज्ञा शुक्रवार राति १२ बजेपछि मात्र हटेको छ । निषेधाज्ञा हटेसंगै सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको हो ।शनिबारदेखि जिल्लामा चल्ने निजि तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरीने भएको छ । देशैभर भने लकडाउनलाई केही खुकुलोपारिएपनि बाँकेमा भने केही दिन देखि अझै कडाईका साथ लागू गरिएको थियो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वैठकले आम सर्वसाधारणको जनजिवन सहज वनाउन ३१ गते शनिवार देखि जिल्लामा जोर विजोर प्रणालीको आधारमा सवारी सधान सन्चालन गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
निषेधाज्ञा हटेसंगै बाँकेमा जोर विजोर प्रणाली आजबाट कडाईका साथ लागू गरिने भएको छ। त्यो संगै आज शनिवार जाेर नम्बरका गाडिलाई प्रतिवन्ध गरेर बिजाेर नम्बरका गाडिहरु मात्र चलाउन पाईने भएकाे छ ।
जिल्लामा काेराेना संक्रमणकाे जाेखिम हाल सम्म पनि कायमै रहेकाले सामाजिक दुरि कायम राख्न जाेरबिजाेर प्रणालि लागू गरिएकाे प्रमुख जिल्ला अधिकारी कुरूम्वाङले जानकारी दिए । उनका अनुसार आज अर्थात शनिवार नम्बर प्लेटकाे अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न पाईने छ । साथै आज अन्तिममा ०, २, ४, ६, र ८ नम्बरका सवारी साधनलाई निषेध गरिएको छ ।