वीरगञ्जमा कोरोना संक्रमित एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ३१, शनिबार ०८:३६
प्रकासित समय : ०८:३६
पर्सा , वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो ।
पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनी ज्वरो आएपछि यही साउन २४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका ईन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।