ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ लाख ६ हजार पुग्यो
प्रकासित मिति : २०७७ श्रावण ३१, शनिबार ०७:४६
प्रकासित समय : ०७:४६
काठमाडौं , साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ७ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ५७१ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ४९ हजार २७४ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३२ लाख ७८ हजार ८९५ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २३ लाख ८४ हजार ३०२ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८८ हजार २२ जनाको उपचार भइरहेको छ ।