काठमाडौंमा खुकुरीले हानेर एक युवकको हत्या

काठमाडौं, काठमाडौंमा शुक्रबार राति खुकुरीले हानेर युवकको हत्या गरिएको छ ।

राति साढे ८ बजेतिर काठमाडौंको मनमैजुमा नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । मृतकको स्थानीय ठेगाना खुलिनसकेको उनले बताएका छन् ।

हत्या गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको उनले बताए । ‘हत्याको कारण खुलिसकेको छैन,’ एसपी राठौरले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पक्राउ नपरेको उनको भनाइ छ ।