सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ८ जनाको शव भेटियो
प्रकासित मिति : २०७७ श्रावण ३०, शुक्रबार १७:१२
प्रकासित समय : १७:१२
काठमाडौं, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा आज बिहान गएको पहिरोमा परि मृत्यु भएका ८ जनाको शव भेटिएको छ ।
जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले अहिलेसम्म ८ जनाको शव भेटिएको जानकारी दिएकी हुन।
पहिरोमा परी ३८ जना बेपत्ता मध्ये ८ जनाको शव अहिलेसम्म भेटिएको गाउँपालिकाले जनाएको छ।
बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय खटिएका छन्।शव भेटिएका ८ जनाको सनाखत भने हुन सकेको छैन।