कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ३०, शुक्रबार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।