राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकको लिदी पुगे
काठमाडौँ , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए भने ३७ घर पुरिएको थियो । बेपत्ता सबैको पहिचान खुलेको छ ।
यस्तै पहिरोमा परी ५ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर उनीहरुको सनाखत भएको छैन ।यसअघि सभामुख अग्नीप्रसाद सापकोटा घटना निरिक्षणको लागि उक्त क्षेत्र पुगेका थिए ।
खोजी र उद्दारमा जुट्न नेकपा अध्यक्षको आव्हान
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा भएको जनधनको क्षतिले आफुलाई स्तब्ध बनाएको भन्दै कार्यमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेका छन ।शुक्रबार समवेदना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवी र रक्षाकर्मीलाई आव्हान पनि गरेका हुन ।
अध्यक्ष दाहालले बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सरकारलाई समेत धानआर्कषण गराएका छन ।