सिन्धुपाल्चोक जुगल पहिरो, पाँच जनाको शव फेला ३३ अझै बेपत्ता
प्रकासित मिति : २०७७ श्रावण ३०, शुक्रबार १५:०१
प्रकासित समय : १५:०१
सिन्धुपाल्चोक, जुगल गाउँपालिका– २ लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् ।
पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

