सिन्धुपाल्चोक लिदी पहिरो अपडेटः बेपत्ता ३८ को शनाखत (नामावाली सहित)
काठमाडौं , सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा पहिरोमा बेपत्ता भएका ३८ जनाको शनाखत भएको छ । शुक्रबार बिहानै पहिरोले १३ घर पुर्दा दोङ समुदायका ३८ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
पहिरोमा विक्रम दोङ, भिमदास दोङ, दोमाछिरिङ दोङ, रुपलाल दोङ, प्रकाश दोङ, अमृत दोङ, जयबहादुर दोङ, रेशम दोङ, इन्द्र दोङ, डोमा छिरिङ दोङ, जुनबहादुर दोङ, वाङ्ची लामा, युवराज दोङ, साङ बहादुर दोङ, दाबाग्याल्बो दोङ, राजकुमार दोङ, साङबहादुर दोङ, जम्पाल दोङ, जिताई भक्ति, इसुरे दोङ, हिरा भक्ति, अन्ठा लामा, साङबहादु दोङ, दोर्जे दोङ, साङ्बो दोङ, बलबहादुर दोङ, सानु दोङ, ज्याबरानी दोङ, कान्छा दोङ, सोमपाल दोङ, निसमार्य दोङ, जुनलाल दोङ, टिकमाई दोङ र छिरिङ दोड बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली पहिरो गएको स्थानमा पुगी निरिक्षण गरेका छन ।भन् नेपाली सेना र प्रहरीको उद्धार टाली केही बेर अघिमात्रै घटनास्थल पुगेको छ ।पहिरोमा सेना, प्रहरी र स्थानीय बासिन्दाले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । पहिरोमा पुरिएका ५ जनाको उद्धार भएका छन ।
ति मध्ये ४ जनाको सदरमुकामस्थित चौतारामा रहेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र १ जना गंम्भिर अवस्था रहेकालाई हेलीकप्टर मार्फत उपचारको लागि काठमाडौं ल्याइएको छ ।,