नेकपामा विवाद समाधान गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन ।
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो ।
कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । कार्यदलमा ओली, प्रचण्ड र नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको छ ।शुक्रबार छलफलमा अध्यक्ष दाहालले पार्टीभित्रको संकट समाधानको लागि कार्यदल गठन गरुम भनेर प्रस्ताव राख्नु भयो,अध्यक्ष ओलीले हुन्छ भन्नु भो यसरी कार्यदल गठन गर्न दुवै अध्यक्ष सहमत हुनु भयो र कार्यदल गठन भको छ कार्यदलले नै सुझाव पेश गरेकै आधारमा अघि बढ्ने छन अधयक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए ।
यो संगै लामो समयदेखि जारी पार्टीभित्रको विवाद समाधान हुनेमा धेरै नेताहरु आशावादी देखिएका छन ।