देउखुरीका १५ वटा सामुदायिक बन निष्कृय
देउखुरीमा रहेका ५८ सामुदायिक बन मध्ये १५ वटा सामुदायिक बन निष्कृय रहेका छन् । लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रका ४८ सामुदायिक बन मध्ये १५ सामुदायिक बनहरुमा आर्थिक नभएकोले निष्कृय भएको नर्ती सामुदायिक वन समन्वय समितिले जनाएको छ ।
निष्कृय सामुदायिक वनहरुले सदस्ययता नबिकरण भरि गराउने गरेका तर साधारणसभा तथा अधिबेशन भने अहिले सम्म नगराउने गरेको र सम्पर्क बिहिन अबस्थामा रहेको नर्ति समन्वय समितिका कार्यालय सचिब आशा चौधरीले जानकारी दिएकी छिन् ।
राजनीति हावी भएको कारण र कतिपय सामुदायिक वनहरुमा आर्थिक नभएको कारण सभा तथा अधिबेशन नगरिएको बताउने गरेका छन् ।
सामुदायिक बनहरुलाई पटकपटक सभा तथा अधिबेशन गर्न भने पनि उनीहरूले बेवास्ता गरेको सचिब चौधरीको भनाई छ।सामुदायिक वनमा आर्थिक नहुदा कतिपय सामुदायिक बनहरु आफै संरक्षण गरेका छन् त कतिपयले बन हेरालु राख्न नसक्ने अबस्थामा छन् भने कतिपय सामुदायिक बनहरुमा आर्थिक भएपनि राजनीतिको आँडमा त्यहाँ रहेको सामुदायिक बनमा अहिलेसम्म नत सभा नत अधिबेशननै हुन सकेको छ ।