सिन्धुपाल्चोकमा गएको पहिरोमा ४ जनाको शव फेला ३८ जनाको पहिचान खुल्यो

काठमाडौं सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने ३८ जनाको पहिचान खुलेको छ ।