नेकपा अध्यक्ष ओली–दाहालबीच आजपनि भेटवार्ता
काठमाडौं, पार्टीभित्र चुलिएको विवादको समाधानको लागी नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट अध्यक्ष दाहाल र ओलीबीच छलफल सुरु भएको हो । आजको छलफललमा पार्टीभित्र देखिएको संंकट समाधानको लागि सहमती खोज्नेमा दुवै अध्यक्ष तयार भएका छन ।आजको बैठकमा अध्यक्ष दाहालले सहमतीको लागि कार्यदल बनाउन अध्यक्ष ओलीसमक्ष प्रस्ताव राख्ने तयारी गरेको दाहाल निकट स्रोतले जानकारी दिए । यसअघि दाहाल–नेपाल समुहबीच विवाद समाधानको लागि कार्यदल गठन गरेर अघि बढ्ने सहमती गरेका थिए । सोही अनुरुप आजको छलफलमा दाहालले ओली समक्ष उक्त प्रस्ताव राख्ने र सवै समस्याको हल गर्न कार्यदललाई जिम्मा दिने तयारी छ ।
यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो। बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। आजको छलफलमा भने उनीहरु सहभागी छैनन ।बिहीबारको बैठकपछि प्रचण्डले आफूपक्षीय नेता कार्यकर्तालाई ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।