सिन्धुपालचोक लिदी पहिरो पछिल्लो अपडेट ३६ बेपत्ता (फोटोसहित)
सिन्धुपाल्चोक , अविरल वर्षापछि आएको पहिरोले शुक्रबार सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ३६ जना बेपत्ता भएका छन । भने अझै सम्म कसैको पनि शव निकाल्न सकिएको छैन ।
पहिरोबाट ठुलो क्षति भएपछि सभामुख अग्नि प्रसाद सापकोटा नेपाली सेनाको हेलीकप्टर मार्फत निरिक्षणको लागि उक्त ठाउं पुगेका छन । सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार हाल सम्म ५ जना गंम्भिर घाइते अवस्थामा भेटीएको र उनीहरुलाई उपचारको लागि सदरमुकाम चौतारा लगिएको जानकारी दिए ।शुक्रबार बिहान गएको पहिरोमा परि १३ वटा घर पुरिएका छन् ।
बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको थियो । उक्त क्षेत्रमा जिल्ला प्रशासन कार्यलय सिन्धुपालचोकले उद्धारको लागि नेपाल प्रहरी,नेपाली सेनाको टोली घटनास्थल तर्फ पठाएको छ । तर अहिलेसम्म प्रहरी र सेनाका् उद्धारटोली घटनास्थल पुगीसकेको छैन ।अन्यत्र जान सम्भव नभएपछि लिदीका १ सय ७० घरधुरी त्रासमा बसिरहेका थिए । जिल्लाको दुर्गम भेग लिदी पुग्न सदरमुकामबाट पैदल दुई दिन लाग्छ ।गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए ।
बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । यसअघि गत असार २६ गते गएको पहिरोले जुगल–२ सानुमाम्फा र लिदीको बस्ती उच्च जोखिममा परेको थियो । त्यसलगत्तै प्रशासन, गाउँपालिकादेखि जनप्रतिनिधिसम्मलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले अन्यत्र सुरक्षित स्थानमा लैजान आग्रह गरेको थियो ।तर प्रशासनले खासै चासो देखाएको थिएन ।जसका कारण अहिले यो अवस्था आएको भन्दै स्थानीयहरुले आक्रोस पोखेका छन । सौजन्यः सभामुखका प्रेस संयोजक श्रीधर न्यौपाने