भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ श्रावण ३०, शुक्रबार ११:५०
प्रकासित समय : ११:५०
वीरगन्ज, नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।अस्पतालको सूचनाअनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् ।
जसमा २ वर्षिय बालकदेखि ६९ वर्षको वृद्धसम्म रहेका छन् ।कन्ट्याक्ट ट्रेसिङको क्रममा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।नयाँ संक्रमित हुनेमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जना रहेका छन् ।