सिन्धुपाल्चोकमा भिषण पहिरो एकै गाउँका २२ घर पुरिए

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो परि एकै गाउँका २२ घर पुरिएका छन् । शुक्रबार विहानै गएको भिषणले एकै गाउँका २२ घर पुरिएका हुन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका पहिरोपछि धेरै मानिस सम्पर्कविहीन भएका छन् । पहिरोले घर बगाउँदा धेरै मानिस हताहत भएको अनुमान गरिएको छ ।

आज (शुक्रबार) बिहान ४ बजेतिर पहिरो जाँदा २२ घर पुरिएको जानकारी आइसकेको बताउँदै सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले भने, ‘घटनास्थल निकै दुर्गम ठाउँमा छ । प्रहरी पुग्न समय लाग्छ । घटनामा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ ।’

प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको उनले जानकारी दिएका छन् । ‘प्रहरीलाई घटनास्थल पुग्न अझै कम्तिमा पनि दुई घण्टा लाग्छ होला,’ उनले भने, ‘प्रहरी पुगेपछि मात्रै घटनाको यथार्थ विवरण प्राप्त हुन्छ ।