कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार राति उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनी मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा साँझ ७ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि कोशी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका १ जना छन् ।

कोशी अस्पतालमा विहिबार दिउँसो मृत्यु भएका विराटनगर १५ का एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।