काठमाडौंमा थप ११९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण ३०, शुक्रबार १६:४५
प्रकासित समय : १६:४५
काठमाडौँ ,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
। नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ।