पर्षामा ३७ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २९, बिहीबार १४:१५
प्रकासित समय : १४:१५
वीरगन्ज , पर्षामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक जना संक्रमित बारा परसौनीका पनि हुन् ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार १२ जना महिला र २५ जना पुरुष गरी जम्मा ३७ जनामा कोरोना पुष्टि भएको छ । ३७ जना संक्रमितमध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएका हुन् । पर्साको छिपहरमाई गाउँपालिका–५ का दुई जनामा पनि कोरोना देखिएको छ ।
१२ जना संक्रमित वीरगन्ज महानगरपालिका–९ का स्थानीय हुन् । वीरगन्ज कारागारका पनि दुई जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेमा वीरगन्ज १० घडिअर्वाका तीन जना रहेका छन् । श्रीपुर नयाँ बस्ती र आदर्शनगरमा थप संक्रमित देखिएका छन् ।