आजदेखि काठमाडौं आउन र काठमाडौं बाहिर जान पूर्णरुपमा निषेध ।
प्रकासित मिति : २०७७ श्रावण २९, बिहीबार १३:३३
प्रकासित समय : १३:३३
काठमाडौं,उपत्यकामा कोरोनाभाइरस कोभिड–१९ संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने प्रक्रिया पूर्णरुपमा निषेध गरेको छ ।
गृहमन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो। गृह मन्त्रालयले साउन २८ गते अर्थात हिजो बुधबारबाट पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।
अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । अटेर गरे कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ ।अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिन पाउने छैन ।अत्यावश्यक सामान,खाद्यान्न,औषधी,तरकारी दुध,पानी लगायतको अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न दिने गृहमन्त्रालयले जनाएको छ ।