कोराना संक्रमित रहेका भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गंम्भिर

काठमाडौं, कोरोनाबाट संक्रमित रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गंम्भिर देखिएको छ ।बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले स्वास्थ्य अवस्थामा केही सुधार नभएपछि उनलाई कोमामा राखिएको जानकारी दिएको हो ।

यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको भारतीय संचारमाध्यामहरुले जनाएको छ ।गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी समेत गरिएको थियो । ८४ वर्षीय मुखर्जी गत सोमबार आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका थिए ।

भारतीय केही संचारमाध्यमहरुले मुखर्जीको निधनको खबर प्रशारण,प्रकाशन गरेको प्रति परिवारले हल्लाको पछि नलाग्न सवैलाई आग्रह समेत गरेको छन ।मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।