आठ दिनपछि ओली प्रचण्ड बिच भेटवार्ता

काठमाडौँ, पार्टीभित्र जारी विवाद समाधानको लागि नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड विच आज ८ दिन पछि भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न दाहाल आज करिव साढे ११ बजे बालुवाटार पुगेका हुन ।अहिले अध्यक्ष दाहाल र ओलीविच भेटवार्ता जारी छ ।पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो।यसअघि बुधबार प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गरेका थिए।ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो।

उक्त छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए। नेकपाको गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटि बैठक दुइअध्यक्षविच पटक पटक छलफल भएपनि कुनै सहमती हुन नसकेपछि स्थायी कमिटि बैठक समेत प्रवाभित हुदै आएको छ ।