शिक्षण अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २९, बिहीबार १०:५९
प्रकासित समय : १०:५९
काठमाडौं, त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको त्रिवि प्रशासनले जनाएको छ । संक्रमण थप कतै नफैलियोस् भनेर आकस्मिक सेवा बन्द गरेको वताए।
आकस्मिकबाहेकका सेवा भने खुल्ला रहेको उनिहरुले वताए ।संक्रमितको सम्पर्कमा आएका मानिसहरुको कोरोना परिक्षण गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।