टुहुराका बा ! टोपबहादुरको कथा
एक बर्षको उमेरमा बुवा र आठ बर्षको उमेरमा दिदि १० बर्षको उमेरमा आमा बितिन् । कस्तो हुन्छ टुहुरो हुनुको पिडा नसोध्नुस मलाई ? शिरमा लगाएको पाल्पाली ढाँकाटोपी खोल्दै टाउको मुसारछन् । सकि पारी देखिने मस्त बिरेन्द्रनगरतिर हेर्छन सकि माथीको गोठिकाँडाको जंगलतिर हेर्छन । कालिकोट महावै गाउँपालिका वडा नं २ मा जन्मेका टोप बहादुर मल्लकाे जिन्दगीमा लकडाउन भएन । तर लक चैँ आयो । कयौँका टुहुराका बा ! हुन पाए । बेसाहारहरूकाे बा ! टाेपबहादुर
बाल्यकालको त्यो उतारचढाब
बुवाको निधनपछि उनका दुखका कथा सुरु भए । कस्ताे हुन्छ टुहुराे हुनुकाे पिडा ? चिउडीमा हात राख्दै जिन्दगीका पानाहरू पल्टाउन सुरू गर्छन् । साथीहरुसंग खेल्न जान्थे मुले भन्थे । स्कुल पढन जान्थे कापी कलम हुन्थेन । घरमा जाँउ पेटभरी खाना हुन्थेन । अभाबै अभाबको त्यो फेहरिस्त सुनाउदा भावुक हुन्छन । मुले भनेको के हो थाह थिएन । तर सिकायो नियतिले एकदिन आमालाई सोधे आमा मुले भनेको के हो ? आमाले जवाफकाे साटाे काखमा च्यापेर आँसु चुहाउदै रुन थालिन । संभवत त्यहि आँसुमा त्यसकाे जवाफ थियाे ।
आसुँको गहिरो आहालबाट आएको उत्तरले उनलाई झन निरउत्तरीत बनायो । नबालक छोराको जवाफ दिन सकिनन् । त्यहि आँसुको तप्कन उनको अनुहारमा पर्यो । त्यहि आँसुको तप्कन भित्र लुकेको थियो मुलेको जवाफ ।
टाेपबहादुरलाइ साथीहरुले भनेको मुले शब्दको अर्थ भेटन धेरै समय लाग्यो । धेरै समयपछि थाह पाए बाबा नहुनेलाई पो सामाजमा मुले भन्दारहेछन । मुले भनेको बुवा नभएकोलाई मुले भन्छन । त्यहि त्यस्तै अनेक अनेक हन्डर ठक्कले नै धेरै कुरा सिकायाे । हर दिन हर समय उनकाे पाेल्टामा चटयाङ बनेर आयाे । त्यस्तै अनेक अनेक पिडाका पाहाड बाेकेर ठिङरिङग उभिएकाे महाबु जस्तै उभिरहे बस उभिरहे ।
अधुरै रहयो स्कुल पढने त्यो रहर
दवाई नपाएर दिदि बित्नु भयो । १० बर्षको उमेरमा आमा बित्नु भयो । कक्षा ८ सम्माको पढाई त्यहि बिट मर्यो । नाना र खानाको जोहो नहुनेबला कसरी स्कुल जानु र पढन पाउनु । सबै सपना उडायो हुरीले । जसाेतसाे कक्षा ८ सम्मा पढे । उनको पढाई कक्षा ८ सम्मा रहयो । स्कुल पढदा कहिल्यै पुस्तक किन्न सकियन् । अरूले फालेका पानहरू पढेर ज्ञान आर्जन गरे । अरुका पुस्तकहरुको नयाँ गाथा हालेर पढने गरे । पढने रहरमा बुवा बितेकाे रात बज्रपात भयाे । हुदा हुदा बुवा र आमा नहुदाको पिडा पढाईमा बिट मार्नु बाध्यता थियो । पढने रहर हुदाहुदै बाध्यताले सबै लुटयो ।
आम्ममममा घर हिडेको देख्दा !
एकदिन उनलाई साथीहरु जस्तै नयाँ कपडा लगाउने रहर जाग्यो । बिकल्पमा उनि भारत जाने सोचे । तर लिने मान्छे भएनन । गाउँकै बुढापाकाबाट जाने ठाउँको नाम डायरीमा टिपे । ३ सय रुपैया ब्याजमा निकालेर भारततिर हान्निए ।
२०४२ साल तिरको कुरा हो सुर्खेत पुग्दा उनले पहिलो पटक गाडी देखे उनलाई त्यो घर जस्तै लाग्यो । घर नै हिडेको देख्दा चकित परे । घरकाे अभावका कारण बसि नसक्नु थियाे । जता हेर्याे समास्यै समास्या त्यहि समास्याले उनलाइ भारतकाे रहर जाग्याे । बरू जे पर्ला पर्ला यि आफन्तहरूले नदेख्ने ठाउँ गएर दुख गर्छु । उनलाइ आफन्तहरूकाे तमासा पनि हेरिनसक्नु थियाे । नाबालक ठिटाे महाबुकाे लेक पार गरेर हिडेर भारत जान तम्सियाे । हुनत भारत जानु उनकाे लागि बाध्यतासंगै रहरकाे बिषय पनि थियाे । उनि केहि साथीहरूसंग भारत कम्सिए ।
कालिकाेट र दैलेखकाे महाबुकाे लेख पार गरेर करिब ३ दिनकाे यात्रा पछि सुर्खेत पुगे । जब सुर्खेत पुगे घर हिडेको कहिल्यै देखेका थिएनन् । उनले घरै हिडेकाे देखे । ट्रकहरू नेपालगन्जबाट समान बाेकेर सुर्खेत उक्लिन्थे त्यसैलाइ उनले घर सम्झे । ट्रकलाइ घर सम्झेका उनि नेपालगन्ज हुदै इन्डिया पुगे । इन्डिया उनलाई स्वर्ग जस्तै लाग्यो । सोचे टन्न पेटभरी खाना पाइदो रहेछ । नयाँ कपडा लगाउन पाइदो रहेछ । उनले इन्डियामा भारी बोकेर पैसा कमाउन थाले । भारतकाे देउपरी भन्ने ठाउँमा उनको केन्द्र बन्यो । भारतका अधेरा गल्लि उनका दुख बिसाउने थलाे बने । अब हासेपनि एक्लै राेए पनि एक्लै उनका केहि मानशिक रूपमा आनन्दका दिनहरू सुरू भए । उनले केहि मेहनत गरेर पैसा कमाए । आफुले कमाएकाे पैसाबाट सट,पाइन्ट परिबर्तन गरे । थाेरै पैसा बाेकेर फरि नेपाल फर्किए ।
उनि बिस्तारै नेपाल आउने जाने सजिलै गर्न सक्ने भए । अब अरूकाे भर पर्नुपर्ने कुराबाट उन्मुक्ति पाए । थाेरबहुत पैसा बचाउन थाले । लगनशिलता,गतिशिलता र दुखले स्पात बनाउछ भन्ने ज्ञान सिके । त्याे नै उनकाे जिवनकाे सबैभन्दा महत्वपुर्ण सम्पति बन्याे ।
जब बन्दुक पडकाएर बिहेको घोषणा गरे
टाेप बहादुर मेहनति मात्रै हैन त्यतिकै महत्वकाँक्षी पनि थिए । उनलाइ जिन्दगीकाे गुजारा चलाउन बिहे गर्ने टुंगाेमा पुगे । गाउँकै हुनेखानीको छोरीमाथी नजर लगाए । गाउँकै साथी उनिसंग आवत जावत चल्यो । प्रेमको मियो निक्कै घुमिसकेको थियो । उनले भगाएर तिनपटक ल्याए तर घरकाले लगिहाले । अन्तमा गाउँकै एकजना गुरुसंग सल्लाह लगे । गुरूले टाेपबहादुरलाइ राम्रै सल्लाह दिए ।
संभवत उनकाे जिवनकाे त्याे क्षण निक्कै महत्वपुर्ण क्षण थियाे । गुरूले भने घरमा लिने बित्तिक्कै बन्दुक पडकाउनु माइतीहरूकाे ढाेका बन्द हुन्छ । त्यतिबेलाको चलन थियो बिहे गरिसकेपछि बन्दुक पडकाउनै पर्ने । निर्धा टाेपबहादुरकाे लागि त्याे नै उत्तम बिकल्प बन्याे । बन्दुक पडकाउनु बिहे बैधानीक हुनु मानिन्थ्यो । उनले अन्तिम पटक घरमा ल्याएर बन्दुक पडकाए र बिहेलाई बैधानीक बनाए । त्यसपछि लिन पनि कोहि आएनन ।
टुहुराहरूको बा ! बन्ने अबसर
एकदिन उनि भारतको देउपरीको गल्लिमा मजबुरी गरिरहेका थिए । संयोगले उनका एकजना शुभचिन्तकले फोन गरे । भारी बोक्नु भन्दा सेकुरेटि गार्डको जागिर गर्न बोलाए । उनलाइ त्यो सुरक्षा गार्डको जागिर ठिकै लाग्यो सहमती जनाए । भारतमा सडक बालबालिकाहरूको बिद्यालय थियो त्यसैमा उनको जागिर पक्का भयो । सुरक्षागार्डको जागिरबाट प्रबेश गरेका टोपबहादुरको जिन्दगिले यसरी काय फेर्ला स्वयम आफैले कल्पना गर्न सकेका थिएनन् ।
उनले सुरक्षा गार्डमा काम गर्दा आफ्नो क्षामता देखाए । बिस्तारै त्यो संस्थाको मेनेजर भए । मेनेजरपछि उनले त्यो संस्थाको प्रमुखको जिम्मेबारी पाए । जिन्दगीले काय फेर्यो । उनि हजरौँ टुहुराहरूको बा बने । लगाब, मेहनत र गतिशिलताको प्रतिफल उनले छोटै समयमा प्राप्त गरे । त्यसपछि उनको जिवनको रंग बदलिन सुरू गर्यो ।
म्यागीले जुराएको डियर कोपीला
करिब ५ सय बिद्यार्थी रहको कोपीला भ्याली अहिले नमुना बिद्यलायका रुपमा चर्चित छ । कहिलेकाँहि आफनै काम सम्झदै गम खान्छन उनि ।
भारतमा रहदा अर्काको देशमा भन्दा आफनै देशमा केहि गर्ने रहर जाग्यो त्यसपछि उनि नेपाल फर्किए । नेपालमा नै टुहुराहरुको भबिश्य कोेर्ने बाटो तय गरे । जति गरेपनि अर्काको देशको सन्तुष्टिले उनलाई रत्तिभर आनन्द दिएन ।
सन् २००५ मा भारत घुम्न आउँदा अमेरिकन नागरिक सीएनएने–२०१५ की हिरो म्यागी डोयनसँग भेट भएपछि टोपबहादुरको सपनाले मुर्त रुप लिएको थियो । मध्यपश्चिम र विशेषगरी कर्णाली अञ्चलका कलिला बालबालिकाले पढ्न छोडेर मजदुरी गरेको दृश्य देखेपछि टोेपबहादुर र म्यागीले नेपालमै पुगेर अनाथ बालबालिकाका लागि शिक्षाको व्यवस्था गर्ने योजना बनाए । त्यही योजनलाई मुर्त रुप दिन सुर्खेत पुगे । सुर्खेतले उनिहरुको मन जित्यो । सुर्खेतमा कोपीला भ्याली सेवा समाजबाट बिद्यलाय सुरुवात गरे । हाल करिब ५ सय टुहुरा बालबालिकाकाे भाग्यरेखा काेरिरहेका छन् ।