सुर्खेतमा थप १८ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ श्रावण २९, बिहीबार १४:२६
प्रकासित समय : १४:२६
सुर्खेत, सुर्खेतमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर नमुना परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेसी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमितहरुमा १ देखि १३ वर्ष उमेरका ५ बालबालिकासमेत रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।