फेरि थपिए ५२५ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २४,९५७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ८३७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७० .५ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर ८ हजार २५ सक्रिय सङ्क्रमित छन् । हाल होम क्वारेन्टिमा ४६६ जना रहेका छन् । आज नेपालमा ९ हजार ८८४ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । योसँगै हालसम्म ४ लाख ८१ हजार ६३ जनाको नमूना परिक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । जसमा पुरुष ७३ जना र महिला २२ जना रहेका छन् । आजमात्र थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।