काठमाडौंमा थप १२७ जनामा कोरोना पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ मा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र काठमाडौँ उपत्यकामा १३८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।