अध्यक्ष दाहाल र ओलीबीच भेटवार्ता सम्पन्न,भेटवार्ता सकारात्मक भएको दावी
प्रकासित मिति : २०७७ श्रावण २९, बिहीबार १६:५४
प्रकासित समय : १६:५४
काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।
छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बने पनि ठोस निष्र्कष भने निष्कन सकेन । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार पार्टीभित्रको समस्या समाधान गर्ने कोणबाट छलफल अघि बढेको र भोली पुन दुइअध्यक्षबीच छलफल हुने जानकारी दिए ।
अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहीबार करिव बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घन्टा लामो छलफल भएको हो । भोली अर्थात शुक्रबार दुइअध्यक्षबीच फेरि छलफल गर्ने तालिका राखिएको छ । दुई अध्यक्षबीच छलफल चलिरहँदा नेकपाका महासचिव विष्णु पौडेल र नेताहरू शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटार पुगेका थिए ।

