गणतन्त्रको झल्को दिने आन्तरिक मामिला तथा कानून मन्त्रालयको त्यो भित्ता
सुर्खेत, डिजिटल वाकथ्रू गेटबाट प्रबेश गर्ने बित्तिकै प्रतिक्षालयमा कर्तब्यपालना गरिरहेका सुुरक्षाकर्मीले आगन्तुकलाई बस्न अनुराेध गरेर entry record राख्छन् । मन्त्रालयकाे कुन फाँटमा जाने हाे खवर गर्छन् । मन्त्रीलाई भेटन जाने दाेश्राे तलामा प्रबेश गर्छन् ।
जब तपाईं कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्री कार्यकक्ष भित्र प्रबेश गर्नुहुन्छ तब तपाईका नजर सरासर दायाँ भित्तामा सोझिन्छन् । त्यहाँ फरक दृश्य देख्न पाइन्छ । प्रायः मन्त्रीका कार्यकक्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका राज्यका उच्च ओहदाका अधिकारीहरुको तस्विर भित्तामा झुण्डीएका हुन्छन् ।
तर कर्णाली प्रदेशको आन्तरीक मामिला मन्त्री नरेश भण्डारीको कार्यकक्षमा बिभिन्न परिवर्तनकामी आन्दोलनमा ज्यान गुमाएका शहिदहरूको तस्विर महत्वकासाथ सजिएका छन् । भित्ताहरुमा १० वटा तस्विर देख्न पाइन्छ । जनयुद्धका प्रथम शहिददेखि संघियताको आन्दोलनमा कर्णाली प्रदेशबाट ज्यान गुमाएका योद्धाहरुको तस्विर पंक्तिबद्ध देखिन्छन् ।
लाग्छ, तस्बिरहरू केही बोल्न खोज्दैछन् ।
प्रथम कम्युनिष्ट शहिद कामी बुढादेखि जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल हुदै जहानिया राणा शासन विरूद्धको लडाइँमा कुर्वानी गर्ने नेपालका चार शहिद गंगलाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री लगायतका तस्बिरले गणतन्त्रको झल्को दिन्छ । परिबर्तनलाई प्रतिबिम्बित गर्छ । झट्ट हेर्दा सामान्य लागेपनि ति तस्विरहरूले गहिरो सन्देश दिएको अनुभुती हुन्छ ।
प्रायः सरकारी कार्यालयका कार्यकक्षका भित्तामा सरकारी उच्च ओहोदाका तस्विर झुण्डयाउने परम्परालाई तोडदै कर्णालीका आन्तरीक मालिला तथा कानुन मन्त्री नरेश भण्डारीले शहिदका तस्विरहरु टंग्याएका छन ।
दाहिने तर्फ राष्ट्रपति बिद्या भण्डारी, बायाँ तर्फ प्रधानमन्त्री केपी शर्मा ओली एवं उत्तरको भित्तामा मुख्यमन्त्री र प्रदेश प्रमुखको तस्विर समेत राखेको भित्ताले संघिय गणतन्त्रको झल्को दिइरहेको देखिन्छ । मन्त्री कार्यकक्षकाे ब्याग गराउण्डमा कर्णालीकाे प्रचुर सम्भाबनाकाे प्रतिक , प्रकृतिकाे अतुल्य उपहार रारा तालकाे हस्तलिखित फाेटाे र सिधै अगाडि डाेल्पा जिल्लामा अबस्थित संसारकै उच्च उचाइमा मानवबस्ती भएकाे धाे उपत्यकाकाे तस्बिरपनि नजर अडिन्छ ।
भित्तामा झुन्डिएकाे धाे भ्यालीकाे तस्बिरले कर्णालीका नागरिकको कस्टकर जीवनलाई दर्शाउछ । एकातिर प्रचुर सम्भावना अर्कातिर नागरिकको दुरह जीवन । परस्पर विराेधी परिदृश्यले साेचमग्ग र जिम्मेवार बनाउँछ ।
शहिदलाई साचि राखेर हर कामको सुरुवात गर्छु : मन्त्री भण्डारी
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भणडारीले कामको सुरूवात शहिदलाई साँची राखेर गर्ने गरेको बताएका छन । संघिय नेपालको समग्र परिवर्तनको मुख्यहिस्सेदार महान शहिदहरुको सपनामा आफु प्रतिबद्ध भएको बताए । उनले मन्त्रालयको भित्ता पनि त्यसैको एक सन्देश भएको जनाए ।
शहिदहरुलाई साची राखेर कुनैपनि कामको सुरुवात गर्ने गरेको बताउदै मन्त्री भण्डारी भन्छन् अहिलेको परिर्वतन यिनै शहिदहरुको सपना हो । हामी यहि परिर्वतन संस्थागत गर्न यो जिम्मेबारीमा छौँ ।