उपत्यकामा थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार मात्र काठमाडौँ उपत्यकामा १३४ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।नेपालमा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।