कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए

 कर्णाली,   प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा सल्यानको त्रिवेणी गाउँपालिका वडा नं। ६ का एक पुरुषसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं। १, ५, ७, १० र १२ मा १–१ जना, वडा नं ३ र १२ का २–२ जना, वडा ११ मा ३ जना र ४ का ४ जनामा संक्रमण पुष्टि भएको छ।

वीरेन्द्रनगरका संक्रमित १८ जनामध्ये समुदायस्तरका ५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै दैलेख अस्पतालमा पीसीआर परीक्षण गर्दा दैलेखको नारायण नगरपालिका वडा नं। १, ३, ५ र दुल्लु नगरपालिका वडा नं। ३ का १–१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै आजै कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट गरी ३ जना डिस्चार्ज भएका छन्। हालसम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ८९४ जना पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।