पत्रकार बलराम बानियाँ मृत फेला
प्रकासित मिति : २०७७ श्रावण २८, बुधबार १४:२६
प्रकासित समय : १४:२६
काठमाडौँ, कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो ।
हाल बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। तनहुँ घर भएका पत्रकार बानियाँ पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा उनको जुत्ता फेला परेको थियो । प्रहरी स्रोतकाअनुसार बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ ।