कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण २८, बुधबार १३:४६
प्रकासित समय : १३:४६
जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो ।
गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५ दिनअघि कोरोना संक्रमण पुष्टि गिरीलाई केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।
गिरी रामा होटेलका सन्चालकसमेत हुन् । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८६ पुगेको छ। यसअघि पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो।