बानियाँको मृत्युबारे छानविन गर्न पत्रकार महासंघको माग

काठमाडौँ,कान्तिपुरका सहायक-सम्पादक बलराम बानियाँको रहस्यमय निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ।

पत्रकार बानियाँ यहि साउन २६ गते दिउँसोदेखि सम्पर्कविहिन बनेका थिए। महासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ। विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो।’

पकार बानियाँको मृत्युबारे सत्यतथ्य र निष्पक्ष रुपमा छानविन गर्न सरकारसँग माग गर्दै महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ। पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ।’