बाजुरामा मृत अवस्थामा एक बालिका फेला, आमा सम्पर्कविहीन

बाजुरा,  बाजुराको त्रिवेणी नगरपालिका– ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् ।

प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमा छोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।