अन्तर्राष्ट्रिय नाका भदौ ३१ सम्म बन्द

काठमाडौं , नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय  नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो ।

मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना र अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए .स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र दुवानी पनि कायमै रहने छ।