रुसले बनायो कोरोनाको भ्याक्सिन, पहिलो परिक्षण राष्ट्रपति पुटिनकी छोरीलाई
एजेन्सी , विश्वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। मैले मेरा दुईमध्ये एक छोरीमा पहिलो भ्याक्सिन लगाएको छु, उनले भ्याक्सिन लगाएपछि स्वस्थ महसुस गरेकी छन्।
रूसी अधिकारीका अनुसार गाम कोभिड भ्याक ल्योए नामको यस भ्याक्सिनलाई पूर्वयोजना अनुसार रूसको स्वास्थ्य मन्त्रालय र नियमन संयन्त्रको अनुमति मिलेको छ। समाचार अनुसार यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइनेछ। रूसले एक महिनाअघि नै यस कुराको संकेत दिएको थियो। उसले त्यस बेला नै आफ्नो भ्याक्सिन परीक्षण चरणमा रहेको बताउँदै १० देखि १२ अगस्टबीचमा रजिस्टर्ड गर्ने जनाएको थियो। तर पनि यस भ्याक्सिनलाई लिएर बेलायत र अमेरिकाले भने अझै भरोसा गरेका छैनन्।
रूसमा भ्याक्सिनको शूत्र चोरेको आरोप पनि लागिरहेको छ। विश्वको पहिलो यो भ्याक्सिनलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार गरेका हुन्। सेप्टेम्बरमा यसको उत्पादन थालेर अक्टोबरमा मानिसमा लगाउन थालिने छ। रूसी समाचार एजेन्सीका अनुसार मंगलवार देशका शीर्ष अधिकारीसँगको बैठकमा राष्ट्रपति पुटिनले भने, जहाँसम्म मलाई थाहा छ, आज बिहान दुनियाँमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट बचाउने एक भ्याक्सिन दर्ता भएको छ।’
पुटिनले स्वास्थ्य मन्त्री मिखाइल मुरास को सँग यसबारेमा विस्तृत जानकारी लिएका छन्। मुरास कोले भने, ‘मलाई जानकारी दिए अनुसार यो भ्याक्सिनले कोरोनाविरुद्ध लड्न प्रभावकारी काम गरेको छ। यसले मानिसको शरीरमा एक राम्रो इम्युनिटी पैदा गरेको छ। म दोहोर्याएर भन्छु, यसका लागि हामीले सबै किसिमका आवश्यक ट्रायल पूरा गरेका छौं।