उपत्यकामा १३४ संक्रमित थपिए, कूल संक्रमितको संख्या १३१४
प्रकासित मिति : २०७७ श्रावण २७, मंगलवार १७:०३
प्रकासित समय : १७:०३
काठमाडौं, काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ।पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्।