को हुन काठमाडौंको गंगबुमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहरा ?
काठमाडाैँ, गत साउन २४ गते शनिबार राति काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा टाउको काटिएको अवस्थामा शव फेला परेका दाङका कृष्णबहादुर बोहराको स्थायी ठेगाना खुलेको छ । उनी दांङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका स्थायी बासिन्दा भएको दाङ खुलेको हो ।
दाङ बसाइसराइ भएको भएपनि उनको नागरिकताको स्थायी ठेगाना भने रोल्पा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बोहोराको दुई श्रीमती रहेको समेत खुलेको छ । जेठी श्रीमती दांङ घोराही मै छाडेर उनले कान्छी श्रीमती विवाह गरेको र उनकी कान्छी श्रीमती भारतको फरिदावादमा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
बोहराले सात आठ वर्षसम्म अफगानिस्तानमा बसेर फर्किएपछि काठमाडौंमा कपडाको ब्यवसाय गर्दै आएका थिए ।
उनी दांङको साविक हापुर गाविस वडा नम्बर ६ निवासी जुद्धबहादुर बोहराका कान्छा छोरा भएको समेत रहेको प्रहरीले जनाएको छ । उनका बुवा जुद्धबहादुरको मृत्यु भइसकेको छ भने उनकी पत्नी अर्थात् कृष्णबहादुरकी आमा भने दाङ मै बस्दै आएको प्रहरीले जनाएको छ । अंश लिएर उनका दाजुभाइहरु रोल्पाको रुन्चगढी गाउँपालिका वडा नम्बर ६ मा बसोवास गर्ने गरेको पनि प्रहरीले जनाएको छ । उनको एक दिदी,र चार दाजुभाइमध्ये जेठा र साईला दाजुको मृत्यु भइसकेको छ भने माईला दाजु विदेशमा रहेको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
कसरी चीनजान भयो कल्पनासंग कृष्णबहादुरको ?
लामो समयदेखि काठमाडौं बस्दै आएकी चितवनकी कल्पना मुडवरीसँग उनको फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुकमा कल्पनाको आईडी ‘कल्पना पौड्याल’ रहेको छ । ३–४ बर्ष अघि फेसबुकबाट चिनजान भएकी कल्पनासंग उनको सवै प्रकारको सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय कृष्णबहादुर र कल्पनाविचको सम्बन्धमा केही खटपट भएको,कृण्णबहादुरले कल्पनासंग भएको अन्तरंगका तस्बिरहरु नक्कली फेसबुक आइडी बनाएर दुख दिनको थालेको र आफु अनुकुल चल्न दवाब दिन खोजेपछि योजनावद्धरुपमा आफुले उनको हत्या गरेको प्रहरी सामु बयान दिएकी छिन ।
कल्पनाले किन र कसरी हत्या गरिन् कृष्णबहादुरको ?
दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न कल्पना मुडभरी,पौड्यालले बोहोराले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छिन् । आफसंग विगतमा भएका अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको प्रहरी समक्ष साबिती बयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । “पहिला बोहोरालाई दहीमा ५ ओटा स्लिपिङ ट्याप्लेट (निन्द्रा लाग्ने औषधी) घोलेर खुवाएको त्यसपछि उनी लठ्ठिएपछि अण्डकोषमा हम्मरले हाने त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी हुँ प्रहरीको बयानमा भनी छिन ।
बोहोरा मरेको एकिन गरेपछि आफुले बाथरुपमा लगेर उनको घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरी समक्ष बयान दिएको पनि एसएसपी ज्ञवालीले जानकारी दिए ।
हत्याका अभियुक्त ति महिलालाई प्रहरीले सोमबार चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याएर प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र बोहोराको टाउको काटिएको अवस्थामा शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा जेब्रा झोलाभित्र भेटिएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।