कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु

काठमाडौँ,  रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ ।

रुकुमको चौरीजहारी निवासी २८ वर्षिय ती महिलाले साउन २४ गते राती साढे ९ बजेतिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन् ।

स्वाब परिक्षण गर्दा महिलामा कोरोना पुष्टी भएपछि भेरी अस्पतालले साउन २४ गते दिउसो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए ।