गढवामा आरम्भ चौतारीको सकारात्मक सराहनीय कार्य घरमै पाइयो बिमाको पैसा
देउखुरी , आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका समूह सदस्य बन्नुभएकी गढवा ४ हडैया गाउँकी बसन्ता कँवर जोगिको गत माघ महिनामा निधन भयो । उहाँ केहि बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेडको समूह सदस्य हुनुहुन्थ्यो । एकलाख पचास हजार कर्जा लिदा उहाँको १ लाख ७५ हजारको बिमा बनाइएको रहेछ । रकम चुक्ता गर्ने म्याद बाँकी रहदै उहाँको निधन भयो ।
सोही बिमा बापतको रकम र काजकिरिया बापत परिवारले पाउने रकम गरी १ लाख ७५ हजार नगद बोकेर सोमवार बिहान आरम्भ चौतारि लघुबित्त संस्थाका प्रमुख नबिन किशोर अधिकारी सहितको टोली मृतककै घर आँगनमा पुग्यो । गाउँघरका महिला पुरुषहरु सहित समूहका सबै सदस्यहरु जुटेका स्थानमा एक कार्यक्रमका बीच गढवा गाउँपालिका वडानं. ४ का वडा अध्यक्ष गुलाम मोहम्द र संस्थाका प्रमुख नविन किशोर अधिकारीले एकलाख ७५ हजार रकम मृतकका श्रीमान संजय जोगी कँवरलाई हस्तान्तरण गर्नुभयो । घरमै बिमाको रकम पाइयो,राहात महसुस भएको छ–जोगिले भन्नुभयो ।
यो दृष्य देखेर समूहमा आबद्ध सबैजसो महिला दिदी बहिनीहरु हौसिए । बाँच्दा सम्म कर्जा लिएर आफ्नो पेसो मेसो चलाउथ्यौं तर मरेपछि पनि यसरी संस्थाले घरमै ल्याएर बिमा गरेको पैसा देला भनेर पत्यार नै लागेको थिएन–समूहका सदस्य निर्मला शर्माले भन्नुभयो । बिमाको पैसा निकाल्न जत्तिको झञ्जट केहि गर्न पनि हुदैन भनेर बुझेको थियौं तर संस्थाले घरमै बिमा रकम ल्याएर हस्तान्तरण गर्दा राहात महसुस भयों– मृतकका श्रीमान संजय जोगी कँवरले भन्नुभयो ।
एक लाख ५० हजारको कर्जाको १ लाख ७५ हजार बिमा तथा अन्य सुविधाको रकम भएको र १ लाखको बिमा बनाउदा जम्मा ५२५ रुपियाँ फिर्ता नहुनेगरि समूह सदस्यले बुझाउनुपर्ने कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । संस्थाले बिना धितो ३ लाख सम्म र धितो राखेर १० लाख सम्म कर्जा उपलब्ध गराउने नियम रहेको उहाँले बताउनुभयो । यस लघुबित्तले नेपाल राष्ट्रबैकको निर्देशन र नियमानुसार समूह सदस्यहरुलाई अन्य सुविधा पनि उपलब्ध गराउदै आएको प्रमुख अधिकारीले बताउनुभयो ।
आरम्भ चौतारी लघुबित्त बित्तिय संस्थाले सोमवार मृतककै घरमा पुगि एक कार्यक्रम आयोजना गरेर आफ्नो समूह सदस्य स्व. बसन्ता कँवर जोगिको बिमा रकम घरमै लगेर हस्तान्तरण गरेको हो । गढवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गुलाम मोहम्मद र संस्थाका प्रमुख नविन किशोर अधिकारीले मृतकका श्रीमान संजय जोगि कँवरलाई बिमा राहात रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोहम्मदले ऋणको सहि सदुपयोग गरि आत्मनिर्भरता अपनाउन समूह सदस्यलाई आव्हान गर्दे घरमै बिमा रकम पुरयाउने गरेकोमा लघुबित्त संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा संस्थाको सिष्टम र प्रकृयाका बारेमा संस्थाका प्रमुख नविन किशोर अधिकारीले जानकारी दिनुभएको थियो भने स्थानीय समाजसेवि हरिकुमार न्यौपाने र निर्मला शर्मा लगायतले आरम्भ चौतारिको अभियानप्रति धन्यबाद ब्यक्त गर्नुभएको थियो ।