देउखुरीको शिवसवरीधाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न
भालुवाङ , दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरीधामको अायोजनामा बोलबम कार्यक्रम भएको हो ।
हिन्दु धर्मको संरक्षण तथा धार्मिक प्रचलन जोगाइ राख्न बोलबम कार्यक्रम राखिएको बताइएको छ । शिवसवरीधामको दक्षिण तर्फ रहेको सागरगंगामा स्नान गरि त्यही गंगाको जल लिएर भक्तहरूको एक टोलीले शिवसवरीधाम परिक्रमा गरि राप्ती गाउँपालिका वडा नम्बर ८ को पिपरी स्थित शिव मन्दिर, वडा नम्बर ७ अर्नहनपुरको शिव मन्दिर, छोट्की सिसहनियाँको शिव मन्दिर र बड्का सिसहनियाँको शिव मन्दिरलाई बोलबम बोलबम भन्दै परिक्रमा गरेका थिए ।
शिव मन्दिरहरूको परिक्रमा पछि पुन शिवसवरीधाममा अाई भजनकृतन, होम र भण्डारा गरिएको थियोे। बोलबमको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जल अभिषेक गरी गरेका थिए । बोलबम कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, मन्दिरकी माता लक्ष्मी चाैधरी, पत्रकार ओमप्रकाश गुप्ता, राप्ती दर्पण टेलिभिजनका क्यामरामेन मुक्तिराम पाैडेल लगायतको सहभागीता रहेको थियोे ।