गोंगबु बीभत्स हत्या प्रकरणमा चितवनबाट १ महिला पक्राउ
प्रकासित मिति : २०७७ श्रावण २७, मंगलवार १०:२९
प्रकासित समय : १०:२९
गोंगबुमा कृष्णबहादुर बोहोराको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् ।चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई हत्याको आशंकामा पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको हत्या भएको घरको कोठामा बस्दै आएकी थिइन् । तर, हत्यापछि शव फालेर उनी चितवन गएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । प्रहरीले उनलाई सोमबार राति नै काठमाडौं ल्याउँदै छ ।
आइतबार गोंगबु चोकनजिकै सुटकेसभित्र टाउको र खुट्टाबिनाको शव फरक फरक स्थानबाट तालिम प्राप्त कुकुरको सहायताबाट प्रहरीले फेला पारेको थियो ।