शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
प्रकासित मिति : २०७७ श्रावण २७, मंगलवार १७:२४
प्रकासित समय : १७:२४
काठमाडौँ, सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द नै रहने गरी निर्णय भएको बताएका छन ।
यस्तै, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय पनि अर्को सूचना नभएसम्म बन्द रहने छ । गत साउन ५ गतेको मन्त्रिपरिषदले भदौ १ देखि खोल्ने निर्णय गरेका केही सेवाहरु भदौ १६ पछि खोल्ने र केही सेवा हाललाई बन्द नै राख्ने निर्णय गरिएको हो । लामोदूरीका अन्तर जिल्ला सवारी साधन र हवाई उडान भदौ १६ गतेदेखि सूचारु हुनेछन्।